नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं। कतार एयरवेजबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ

चैत ४ गते कतारको दोहाबाट फ्लाइट क्युआर ६५२ मार्फत नेपाल आएका ती व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक व्यक्तिमा संक्रमण पुष्टी गरेका हुन् । संक्रमण पुष्टी हुनेमा  बागलुङकी ६५ वर्षकी वृद्ध महिला रहेकी छन् ।

यस सँगै उक्त फ्लाइटबाट नेपाल आएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा यस अघि  दोस्रो  काठमाडौं, तेस्रो धादिङ, चौथो धनगढी र पाँचौं बाग्लुङका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नेपालका पहिलो कोरोना संक्रमित व्यक्ति  उपचारपछि निको भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button