पोखरामा ४% छुटमा उपकार ब्राण्डका दैनिक उपभोग्य बस्तु घरमै डेलिभरी !

पोखरा । पोखरामा उपकार ब्राण्डका सामानहरु खरिद गर्दा उपभोक्ताले ४ प्रतिशत छुट पाउने भएका छन्।

वर्तमान परिस्थितिमा आम उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै उपकार ब्राण्डका सम्पूर्ण सामानहरुमा ४ प्रतिशत छुट दिने निर्णय गरिएको शिव शिखर एग्रो प्रालिका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाँले जानकारी दिए । ग्राहकले एकमुष्ठमा अथवा एउटा टोल, क्षेत्रमा मिलेर आफ्नो घरमा आवश्यक परेका उपभोग्य सामाग्रीहरु माग गरेको खण्डमा सोही छुटसहितको मूल्यमा होम डेलिभरी दिइने बानियाँले बताए ।

‘संकटको घडीमा कालोबजारीलाई दुरुत्साहन गर्दै मानवीय धर्म पुरा गर्ने उद्देश्यले ग्राहक वर्गलाई हामीले पोखरा -५ पर्स्याङ स्थित डिपोबाट छुटसहित हाम्रा प्रडक्टहरु विक्रीवितरण गरिरहेका छौं’, उनले भने । बजारमा कालोबजारी भयो, मूल्य बढ्यो भन्ने सुनेपछि आफुहरुले सेवा प्रदान गर्ने उद्देश्यले पर्स्याङ स्थित डिपोबाटै सामाजिक दुरी कायम गरायर दैनिक रुपमा छुटसहित सामान उपलव्ध गराउदै आएको बानियाँले बताए ।

सामान घर घरमा पुर्याउदै कर्मचारी

अहिलेको अवस्थामा सहज हिड्डुल गर्न अथवा यातायातका साधन समेत जो कोहिले चलाउन नपाउने हुँदा   डिपोमा आउन नसक्ने टाढाका ग्राहक र खुद्रा विक्रेतालाई समेत सामान घरघरमै पुर्याउने व्यवस्था गरेको उनले जनाए । ‘हामीले पोखरा क्षेत्रमा एकाघरका ग्राहक अथवा टोल/क्षेत्र मिलेर केही भोलुममा सामान माग गरेको खण्डमा घरघरमै पुर्याउने काम समेत गरेका छौ, आवश्यक परेमा सम्पर्क गर्न सक्नुहुन्छ’, बानियाँले भने। उनले उपकार ब्राण्डका सामान आवश्यक परेको खण्डमा डिपोको नम्बर ०६१-५२०४३७ अथवा ९८५६०४०९५९९८५६०५०९६१ मा सम्पर्क गर्न आग्रह समेत गरे ।

एग्रो प्रालिले उपकार ब्राण्डका चामल, दाल, गेडागुडी, तेल, आटा, मैदा, मसला, चिया, कफी, चिनी, मसला, ग्लुकोज, चकलेट लगायतका मानिसले दैनिक उपभोग गर्ने बस्तुहरु उपलब्ध गराउदै आएको बानियाँले बताए । बजारमा एग्रो प्रालिका उपकार, विधाता, वजरंगी, तुलसी, जस्मीन, रानीमहल लगायतका सामान प्रख्यात रहेको बानियाँको भनाई छ ।

पोखरा -५ पर्स्याङ स्थित डिपो

पोखरा लगायत काठमाण्डौ, ललितपुर, नारायणघाट, विराटनगर, दमक, बुटवल, कोहलपुर, धनगढी, डडेलधुरा लगायतका स्थानमा डिपो रहेको एग्रो प्रालिको प्रधानकार्यालय भक्तपुरमा रहेको छ । प्रालिले आधुनिक प्रकारका कृषि औजारहरु समेत सुपथ मुल्यमा उपलव्ध गराउदै आइरहेको छ ।

सरकारले ठूला खाद्य स्टोर तथा पसललाई आवश्यक खाद्यवस्तु होम डेलिभरी गर्ने व्यवस्था मिलाउन समेत भनेको छ  ।

पोखरा महानगरलाई इलेक्ट्रिक स्प्रे सहयोग

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button