कास्कीमा ७ औं कोरोना संक्रमित भनिएको हल्ला मात्र : निर्देशक

पोखरा । नेपालमा भारतबाट हालसालै नेपाल फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्नु हल्ला मात्र रहेको प्रदेश स्वास्थ्य निर्देशनालय ले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका जाँच नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक विदोद विन्दु शर्माले बताएका छन्  । निर्देशक शर्माले भने, ‘हामीले  यहाँबाट पुनः परिक्षणका लागि काठमाण्डौ  पठाएका रिपोर्ट नेगेटिभ नै छन्, अहिलेको सत्य यहि हो ।’

आधिकारिक स्रोत भन्दा बाहिरबाट आएको कुरामा विश्वाश नगर्न उनले आग्रह समेत गरेका छन् ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका  जाँचमा कोरोना पोजेटिभ छैन भन्ने निर्देशक शर्माको आधिकारिक भनाई पछि हामीले यो पोष्ट अपडेट गरेका छौं । निर्देशक शर्माको आधिकारिक भनाईलाई नै आधार मान्दै यस अघिको जानकारी प्रति क्षमा चाहन्छौं ।

पोखरा न्यूज –  अपडेट : २०७६/१२/२१ , १५:०२

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button