मस्तिष्काघातबाट नेकपा वडाध्यक्ष तुम्वापोको निधन

भद्रपुर । झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचाररत फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ ।

३३ वर्षीय तुम्वापोको आज मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । बिहीबार घरमै बेहोस भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सो अस्पताल ल्याइएको थियो ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफैँ अस्पताल आएर वडाध्यक्षको शव लिएर पाँचथर गएका छन । तुम्बापो तत्कालीन नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button