फेसबुक मेसेन्जरको डेस्कटप एप्लिकेसन सार्वजनिक

पोखरा न्यूज। मोबाइलमा जस्तै कम्प्युटर पनि फेसबुकको मेसेन्जर चलाउने उपाय खोजिरहनु भएको छ ? अब भने फेसबुक मेसेन्जर एप्लिकेसन मोबाइलका साथै डेस्कटप कम्प्युटरबाट पनि चलाउन सकिने भएको छ ।

फेसबुकले कम्प्युटर कै लागि भनेर मेसेन्जर एप्लिकेसन सार्वजनिक गरेसँगै मोबाइलहरुमा झै सजिलै कम्प्युटरबाटै फेसबुकका साथीहरुलाई कल तथा भिडियो कल गर्न सकिने भएको छ । सन् २०१६ देखि नै निर्माणको चरणमा रहेको यो एप्लिकेसन अब भने माइक्रोसफ्ट स्टोर र एप्पलको म्याक स्टोरबाट सजिलै आफ्नो कम्प्युटरमा हाल्न सकिने भएको हो ।

पछिल्लो समय कोरोना भाइरसका कारण मानिसहरु घरबाटै काम गर्न थालेको मौकामा फेसबुकले पनि आफ्नो यस्तो एप्लिकेसन सार्वजनिक गरेको हो जसबाट मानिसहरु घरबाटै एक अर्कासँग जोडिएर आफ्नो काम गर्न सक्नेछन् । लकडाउनका समयमा घरबाटै काम गर्न जुम नाम गरेको भिडियो कन्फरेन्सिङ एप्लिकेसन निकै प्रभावकारी बनेको थियो ।

फेसबुकले नयाँ एप्लिकेसन सार्वजनिक गरे पनि सुरक्षाका दृष्टिकोणबाट भने यसको परीक्षण भइसकेको छैन । अहिले मानिसले चलाउँदै गरेको जुम एप्लिकेसनमा ह्याकिङको निकै समस्या रहेको प्रविधि विज्ञहरुले बताउँदै आएका छन् ।

फेसबुकले पुर्ण भर्सन ल्याएको भने पनि यसमा अझै धेरै काम गर्न बाकिँ रहेको जनाएको छ । फेसबुकले डार्क मोडको सुविधा भने नयाँ एप्लिकेसनमा प्रदान गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button