वालिङ नगरपालिकाको राहत कोषमा साढे ११ लाख जम्मा

स्याङ्जा । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड–१९ राहत कोषमा रु साढे एघार लाख जम्मा भएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनका कारण प्रभावित सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८ सय ११ जम्मा भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्यवस्था मिलाएको नगरप्रमुख खाँणले बताए ।

नेपाल बैंक लिमिटेड वालिङमा कोषको नाममा रहेको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक सङ्घसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन सबैमा नगरपालिकाले अनुरोध गरेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button