नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको छ ।

आज ३ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको हो । संक्रमित हुनेमा भारतका फर्किएका कञ्चनपुरका एक ४१ वर्षका पुरुष र अर्का २१ वर्षीय युवक रहेका छन् । त्यस्तै यस अघि कैलालीमा संक्रमण देखिएका एक पुरुषको ३४ वर्षीया महिला आफन्तमा पनि कोरोना पुष्टि भएको जनाइएको छ । उनी संक्रमित पुरुषको भाउजू भएको खुलेको छ ।

हाल तीनै जना सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि जनाइएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्थ्या सामान्य रहेको छ । यस अघि नेपालमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको नदेखिएकोमा यस पटक भने देश भित्रै मानव देखि मानव संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button