पोखरा रंगशालामा लकडाउनमा पनि यसरी गरिदैछ निर्माण कार्य

पोखरा । पोखरा रंगशालामा नेपाल सरकारले घोषणा गरेको लकडाउनमा पनि निर्माण कार्यलाई अघि बढाइएको छ । कोरोना भाइरस संक्रमणका  कारण देश नै लकडाउनमा रहेको बेला पनि पोखरा रंगशाला भित्र बैकल्पिक फुटबल मैदान निर्माण कार्यले गति लिएको छ ।

लकडाउन शुरु भए संगै रंगशालामा कार्यरत मजदुरहरु घर फर्केपछि लकडाउनको समयलाई सदुपयोग गर्दै आफुँ लगायत खेलकर्मीहरु मैदान निर्माणमा जुटेको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ बताउछन् । बैकल्पिक (प्रशिक्षण) मैदानलाई अन्तिम रुप दिन उद्देश्य सहित  रंगशाला परिसरमा नै रहेको डोजरबाट मैदानको  काम भइरहेको परिषद सदस्य गुरुङले जानकारी दिए ।

डोजर चालक समेत विदामा रहेकोले स्वयसेवकहरु दैनिक ५–६ घन्टा खटिएर डोजर चलाउने र मैदान निर्माण कार्यमा खटिने गरेको उनि बताउछन । नवौ राष्ट्रिय खेलकुदका लागि बैकल्पिक मैदान तयार हुनेमा परिषद सदस्य गुरुङ विश्वस्त छन । “हामीले क्षेत्रिय खेलकुद र जिल्ला खेलकुद कास्कीको समन्वयमा यो काम १३ औं एसियाली खेलकुदमा जस्तै खटेर  सम्पन्न गर्न लागेका छौं”–उनले भने ।

युवा तथा खेलकुद मन्त्रीको निर्देशनमा परिषदबाट ९० लाख रकम विनियोजन भइ क्षेत्रिय खेलकुद हुँदै  उपभोक्ता मार्फत काम गर्न एन्फा कास्कीले जिम्मा पाएको सो मैदान एन्फा कास्कीले अलपत्र छोडेको थियो । विनियोजित रकम मध्ये ३० लाख रकम हात पारिसकेको  एन्फा कास्कीले निर्माण कार्य बिचैमा अलपत्र अलपत्र पारेपछि थप रकम परिषदले पठाएन ।

रंगशालाको स्टेडियमको मुखमानै अलपत्र बनेको मैदानलाई रकम समेत नआउने भएपछि परिषद सदस्य  गुरुङ खेलकुदकर्मी को साथमा मैदान निर्माणमा खटिएका छन् । प्रधानमन्त्री र खेलकुद विकासमा तल्लिन परिषद सदस्य सचिब रमेश सिलवाल बाट उर्जा पाएर नै काममा खटिने गरेको उनि बताउछन् ।

मैदान बनाउँदै गरेको तस्विरहरु पोष्ट गर्दै परिषद सदस्य गुरुङ लेख्छन–“देशको यो नाजुक घडिमा पनि सम्माननीय प्रधानमन्त्री ज्युको मार्ग दर्शन र सदस्य सचिव रमेश सिलवाल ज्युको साथ पाएर म आफ्नो काम प्रति लगनशीलताका साथ नवौं  राष्ट्रिय खेलकुद लाई लक्षित गर्दै लक डाउनको समयमा पनि रंगशाला परिसर र फुटबल मैदानको काम लाई निरन्तरता दिदैं आएको छु ।”

उनले लेखेका छन–“सबै सुरक्षाका साथ सिमित कामदार र मेरा कार्यहरूमा सधै साथ दिने मदन भण्दारी स्पोटर्स ऐकेडेमीका साथीहरू शिव गुरूङ, हरि(नाराज) खड्का, चन्द्र गुरूङ (जिम्मि), सुदिप आचार्य, सुजन आचार्य, मनिषा गुभाजु ,अखिल कुमार शाहि लगायतका टिम मिलेर रंगशालामा काम भैराखेको छ र मलाई माया गर्ने मेरो साथीभाइ, सुभचिन्तकहरू प्रति मलाई माया र साथ दिनु हुने सबैलाई धेरै धेरै धन्यवाद र हजुरहरूको बिश्वासलाई कहिले डगमाउन दिने छैन । अन्ततः यस खेल मैदानले खेलाडी, खेलप्रेमी, प्रशिक्षण सबैलाई टेवा पुर्याउने छ । अन्तिममा सबैलाई आ–आफ्नो स्वाथ्यलाई लिएर सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button