पोखराको होटेलमा कुक मृत फेला

पोखरा । पोखराको एक होटेलमा काम गर्ने सेफ (कुक) मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगर-१० उत्तमचोकमा रहेको होटेल टास्कमा कार्यारत ५१ वर्षीय सोबित बहादुर क्षेत्री आफ्नै सुत्ने कोठामा मृत फेला परेका हुन् । स्याङ्जा आरुखर्क स्थायी घर भएका क्षेत्रीलाई आज बिहान ११ बजेतिर मृत अवस्थामा फेला परेको जनाइएको छ ।

मृत्युको कारण नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button