भारतमा ८३ प्रतिशत कोरोना संक्रमित ६० वर्ष भन्दा कम उमेरका

भारत । भारतको स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोना संक्रमण देखिएका मध्ये ८३ प्रतिशत ६० वर्ष भन्दा कम उमेरका मानिस रहेको बताएको छ ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण तथा मृत्युदर ६० नाघेकाहरुमा अन्य देशमा अत्यधिक देखिए पनि भारतमा भने केवल कुल संक्रमितको १७ प्रतिशत मात्र ६० वर्ष नाघेका पाइएको छ । भारतमा कुल संक्रमितको ४१ प्रतिशत २१ देखि ४० बीचका मानिस रहेको पनि जनाइएको छ ।

यसरी युवा जनसंख्यामा कोरोना देखिनु कोरोनाको पहिलो चरण अर्थात विदेशबाट आएका संक्रमितका कारणले भएको अनुमान गरिएको छ । विदेशबाट आएका तथा हिँडडुल गरिरहने युवा जनसंख्यामा कोरोनाको ज्यादा संक्रमण देखिनाले आगामी दिनमा त्यहाँ कोरोना अझै फैलिन सक्ने सम्भावना बढेको पनि जनाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २० वर्ष मुनि ८.६१ प्रतिशत संक्रमित, २१ देखि ४० वर्षसम्मका ४१.८८ प्रतिशत संक्रमित, ४१ देखि ६० सम्म ३२. ८२ प्रतिशत संक्रमित र ६१ वर्ष भन्दा माथिका १६.६९ प्रतिशत संक्रमित फेला परेका छन् । त्यस्तै कुल ५८ संक्रमितको अवस्था गम्भीर रहेको पनि उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button