अमेरिकाले २ लाख मास्क लुटेको जर्मनीको आरोप

पोखरा न्यूज । जर्मनीले आफ्नो देश ल्याउन २ लाख मास्क बीचै बाटोबाट अमेरिकाले कब्जा गरेको आरोप लगाएको छ ।

जर्मनीका एक मन्त्रीले बर्लिन प्रहरीले अर्डर गरेको २ लाख एफएफपि २ मास्क अमेरिकाले थाइल्यान्डको बैंककबाट नियन्त्रणमा लिएर आफ्नो देशतिर लगेको आरोप लगाएको हुन् । उनले अमेरिकाको हर्कतलाई आधुनिक पाइरेसीको नाम दिँदै ट्रम्प प्रशासनलाई अन्तर्राष्ट्रिय व्यापारका नियमलाई पालना गर्न पनि आग्रह गरेका थिए ।

यता अमेरिकाले भने डिफेन्स प्रडक्सन ऐन नामक एक ऐनलाई कार्यान्वयनमा ल्याउँदै अमेरिकी कम्पनीहरुलाई अमेरिका बाहेकका देशमा मेडिकल सामाग्री निर्यात गर्न नपाउने आदेश दिएको छ । जर्मनीले ल्याउन लागेको मास्क अमेरिकाकै थ्रीएम नामक कम्पनीले निर्माण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क घटनाबारे बोल्दै अमेरिकी अधिकारीले २ लाख एन९५ रेस्पिरेटर, १ लाख ३० हजार सर्जिकल मास्क र ६ लाख ग्लोब नियन्त्रणमा लिएको बताएका थिए । उनले उक्त सामाग्री कहाँबाट नियन्त्रणमा लिइएको भन्ने बारे भने केही नबोलेको बताइएको छ ।

अमेरिकी यस्तो रबैयाको यस अघि जर्मनीबाहेक फ्रान्सलगायत युरोपेली मुलुक र क्यानडाले आपत्ति जनाइसकेका छन् । फ्रान्सले मेडिकल सामाग्रीको बोलकबोलमा अमेरिकाले तीन गुणा बढी बोली लगाएर आफूलाई समस्यामा पारेको आरोप लगाएको थियो ।

त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडेले अमेरिकाले ३एम कम्पनीलाई दिएको निर्देशनलाई इङ्गित गर्दै नाकाबन्दी र व्यापारमा अवरोध जस्ता गतिविधि ठूलो गल्ती हुने बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button