कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

पोखरा न्युज । १० दिन अघि कोरोना संक्रमण पुष्टि भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि उनी अस्पताल भर्ना छन् ।

बेलायती सञ्चारमाध्यमका अनुसार जोन्सनमा निरन्तर ज्वरो र भाइरसका लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । डाक्टरको सल्लाहमा सावधानीको उपाय स्वरुप उनी अस्पताल भर्ना भएको जनाइएको छ । उनी भर्ना भएको जानकारी दिँदै बेलायती प्रमनिवास डाउनिङ स्ट्रीटकी प्रवक्ताले बताइन्, “कोरोना संक्रमित भएको दश दिनसम्म पनि भाइरसको कडा लक्षणहरु उनमा देखिइरहेकाले सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।”

गत २७ मार्चमा कोरोना पोजिटिभ देखिए पछि उनी घरबाटै सरकार सञ्चालन गर्दै आएका थिए । जोन्सनकै अध्यक्षतामा शुक्रबार भिडियो लिङ्कमार्फत कोरोना भाइरस सम्बन्धित बैठक बसेको थियो । त्यसअघि बिहीबार सार्वजनिक रुपमा देखा पर्दै उनले डाउनिङ स्ट्रीटबाटै त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीको कार्यको प्रशंसा गरेका थिए ।

जोन्सनको उमेर ५५ वर्ष भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button