लकडाउन बैशाख ३ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

पोखरा न्यूज । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हटाउन गरेको लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल २५ गते रातको १२ बजेसम्म कायम रहेको लकडाउनलाई ८ दिन थप गरी बैशाख ३ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिको बैठकले १० चैत बिहान ६ बजेबाट १८ चैत लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । त्यसैगरी चैत १६ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते रातको १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।

सोमबारको निर्णय सँगै सरकारले दोस्रो पटक लकडाउनको समयावधि थप गरेको हो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एकजना निको भएर घर फर्किसकेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button