गण्डकी प्रदेशको कोरोना आपतकालीन कोषमा १ करोड १० लाख जम्मा

पोखरा । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले  स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा करिव रु १ करोड १० लाख जम्मा भएको छ ।

कोषमा  विभिन्न व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्था,  निजामती कर्मचारी, प्रदेशसभा संसदीय दल तथा सरकारले नियुक्त गरेका पदाधिकारीबाट गरी हालसम्म रु १ करोड ९ लाख ८२ हजार ८ सय ५२ जम्मा भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पोखरा न्यूजलाई जानकारी दिए ।

कोषमा चैत्र २४ गतेसम्म विभिन्न २५ व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्थाबाट रु ८९ लाख ३ हजार ७ सय १२, नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशसभा संसदीय दलको तर्फबाट रु १४ लाख ८० हजार १ सय ३० र सरकारले नियुक्त गरेका पदाधिकारीबाट रु ५ लाख ९९ हजार १० जम्मा भएको संयोजक न्यौपानेले बताए ।

कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि प्रदेश सरकारले रु १५ करोडको कोष स्थापना स्थापना गर्दै  प्रदेशका मन्त्रीको एक महिनाको तलब जम्मा गर्ने  गरि प्रदेशसभा सदस्य, निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापारी, व्यवसायी लगायतलाई कोषमा रकम जम्मा गर्न आग्रह गर्दै आएको छ।

प्रदेश सरकारले कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन खाता नं ३०२००१८८३०१ मा जम्मा गरेर सहयोग गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सबैमा अपिल समेत गरेका छन् ।

कोषमा रकम जम्मा गर्ने  विभिन्न व्यक्ति, वित्तीय तथा सामाजिक संघ संस्थाहरु :-

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button