एकैदिन ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण, ५ हजार बढीको मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसले विश्वभर संक्रमण बढाउँदै गर्दा सोमबार एकैदिन ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सोमबार एकैदिन ७३ हजार १ सय २ संक्रमित भेटिए पछि कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ३ पुगेको छ भने भाइरसबाट मर्नेको संख्या ७४ हजार ६ सय ५४ पुगेको छ ।

सोमबार अमेरिकामा सर्वाधिक ३० हजार ३ सय ३१ संक्रमित फेला परेका थिए भने १२ सय २५ को मृत्यु भएको थियो । त्यस्तै फ्रान्समा दोस्रो सर्वाधिक ५१ सय ७१ संक्रमित पुष्टि हुँदा ८ सय ३३ ले ज्यान गुमाएका थिए । सोमबार नै स्पेनमा ७ सय, इटालीमा ६ सय ३६, बेलायतमा ४ सय ३९ र जर्मनीमा २ सय २६ को कोरोना भाइरसबाट मृत्यु भएको थियो ।

५० हजार भन्दा बढी संक्रमित पुष्टि भएका अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायतबाहेक देशमा पनि संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । टर्की, बेल्जियम, क्यानडा, स्वीजरल्यान्ड, नेदरल्यान्ड, अस्ट्रिया, ब्राजिल, रसिया र पाकिस्तानमा सोमबार ५ सय भन्दा बढी संक्रमित फेला परेका थिए । त्यसबाहेक अन्य ३१ मुलुकमा सोमबार १ सय भन्दा बढी संक्रमित पुष्टि भएका छन् ।

व्यापक जनघनत्व भएका टर्की, ब्राजिल, रसिया, क्यानडा, भारत, पाकिस्तान जस्ता देशमा पछिल्ला दिन संक्रमितको संख्यामा व्यापक वृद्धि भएसँगै भाइरसले अझै भयावह रुप लिने देखिएको छ ।

छिमेकी मुलुक भारतमा सोमबार ४ सय ८९ नयाँ संक्रमित देखिँदा १८ जनाको मृत्यु भएको थियो । त्यस्तै अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानमा सोमबार ६ सय ९ नयाँ संक्रमित पुष्टि भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button