तनहुँमा विधुत सर्ट भएर आगलागी हुँदा २ घर जलेर नष्ट

तनहुँ । तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । विधुत सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब रु १३ लाख बराबरको धनमाल क्षति भएको हो ।

तिलविक्रमको रु सात लाख र गोकर्णको रु छ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उनले बताए । “आगो नियन्त्रणका लागि झण्डै दुई घण्टा लाग्यो तर पनि आगो नियन्त्रणमा लिन सकिएन”, उनले भने ।

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उनले जानकारी दिए । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button