कोरोना रोकथामका लागि युद्धस्तरमा काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालको लागी आगामी दुई साता चुनौतीपूर्ण हुने बताएका छन् ।

मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म ९ जनामा संक्रमित देखिए पनि नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै कोरोना भाइरसको संक्रमण रोक्नका लागि आउँदो दुई साता चुनौतीपूर्ण रहने बताएका हुन् ।

सावधानी नअपनाएको खण्डमा स्थिति भयावह हुनसक्ने उल्लेख गर्दै प्रम ओलीले समुदायस्तरमा महामारी फैलिन नदिन परीक्षणको दायरा बढाउने, लकडाउनमा थप कडाइ गरिने लगायतका सबै कदम चालिने बताए ।

प्रधानमन्त्री ओलीले लकडाउनले महामारी फैलिन नदिने अभियानमा ठूलो सहयोग पुगेको बताउँदै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा सरकारीस्तरबाट युद्धस्तरमा काम भइरहेको जनाए ।

प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले  चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्दै  लकडाउनको असुविधाप्रति आफू सम्वेदनशील रहेको स्पष्ट पारे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button