भानुआतुमा ५ वर्ष यताकै शक्तिशाली चक्रवात

भानुआतु । दक्षिण प्रशान्तीय टापु भानुआतुमा ५ वर्षा यताकै शक्तिशाली चक्रवात हेरोल्डले भारी वर्षा र आँधीहुरी निम्त्याएको छ ।

क्याटेगोरी ५ तहको उक्त चक्रवात देशको सबैभन्दा ठूलो इस्पिरिटु सान्तो टापुमा आएको अहिलेसम्मकै शक्तिशाली चक्रवात भएको जनाइएको छ । सोमबार २७० किलोमिटर प्रतिघन्टाको वेगमा हावा हुरी र भारी वर्षा भएसँगै त्यहाँ कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सामाजिक दुरीको नियमलाई हाललाई स्थगन गरिएको छ ।

चक्रवात पछि त्यहाँ अचानक आउने सक्ने बाढी र हावा हुरीलाई मध्यनजर गर्दै रेड अलर्ट जारी गरिएको छ । त्यस्तै डुङ्गाहरुलाई समुन्द्रमा नजान पनि निर्देशन दिइएको छ । हालसम्म त्यहाँ मानवीय क्षतिको विवरण नआएपनि ठूलो भौतिक क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मङ्गलबार देखि आँधी कम शक्तिशाली हुने र अर्को ३६-४८ घण्टामा दक्षिणपुर्वी बाटो हुँदै फिजीको भिती लेभु टापुमा आँधी ल्याउने जनाइएको छ । आँधीले भानुआतुमा प्रवेश गर्नु अघि नै सोलोमन टापुमा एक डुङ्गालाई डुबाउँदा बेपत्ता २७ मध्ये ६ को शव भेटिएको पनि जनाइएको छ ।

सन् २०१५ मा भानुआतु मै पाम नामक चक्रवातले बितन्डा मच्चाउँदा ११ जनाको मृत्यु हुनुका साथै व्यापक जनधनको क्षति गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button