कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।

यही वैशाख ८ गते देखि सञ्चालन हुने भनिएको कक्षा १२ को तथा वैशाख २१ देखि सञ्चालन हुने भनिएको परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको बोर्डले जनाएको छ ।

परीक्षा सर्दा विद्यार्थी तथा अभिभावक वर्गमा परेको असुविधा प्रति क्षमाप्रार्थी रहेको जनाउँदै बोर्डले स्थगित परीक्षाको नयाँ तालिका शिघ्र प्रकाशित गर्ने पनि जनाएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको असहज परिस्थितिका कारण परीक्षा सार्नुपरेको जनाइएको छ ।

महामारीको अवधिमा आफू र परिवारको स्वास्थ्यलाई ख्याल राख्दै सामाजिक दुरी कायम राख्न तथा सावधानी अपनाउन पनि बोर्डले आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button