दिउँसो कहिल्यै सुत्दिन: रंगकर्मी बराल

पोखरा । रंगकर्मी अनुप बरालले लकडाउनको समयको सदुपयोग पोखरा नदिपुरका रहेको घरमानै बसेर गरिरहेका छन् । उनले हरेक बिहान आधाघन्टा जति योगको आसन र अनुलोम विलोम गर्छन् ।

त्यसपछि घरको कम्पाउन्डको सरसफाई र गोडमेल तिर व्यस्त हुन्छन् । यसो गर्दा प्रकृति लाई एउटा अलग तरिकाले महसुस गर्न सकिने उनको अनुभव छ । ‘बर्षौदेखि गर्न छोडिएको काम हो यो, दिउँसोको समय सृजनात्मक होस जस्तो लाग्छ’उनले भने ।  उनी दिउँसो कहिल्यै सुत्दिन । दिउँसोको समयमा किताबहरु पढने गर्छन् । केहि ‌विचार आएछ भने त्यसलाई टिप्ने उनको बानी छ ।

‘एक दुई बर्ष‌अघिदेखि किनेका किताबहरु उत्तिकै थातीमा थिए । अहिले यो समय तिनलाई पढने अवसर भएको छ ।‌ उनले घरमानै नियमित चलचित्र पनि हेरिरहेका छन् । जीवनसाथी दिया मास्केसँग बसेर हरेक साँझ एउटा चलचित्र हेर्ने उनको सेडुल हो । नेटफिलीक्सको सिरिजहरु, ल्यापटप र हार्ड ड्राइभ राखेका चलचित्रहरु यो समयमा छानी–छानी हेर्ने गरेको उनले सुनाए ।

दैनिक केहि समय साथी भाई र आफन्तहरुसंग फोनमा कुराकानी पनि गर्छन् । बाँकी सबै समय परिवार सँगनै बिताइरहेको उनले बताए । यसका अलावा उनले दिनको दुईपटक समाचार पढ्ने र टेलिभिजनमा समाचार हेर्ने गरेका छन् । ‘धेरै अनावश्यक र वाहिहात न्युज, बिशेष गरेर सोसल नेटवर्कका त अभोईड नै गर्छु । यस्ता न्युजले मानिसहरु लाई अहिलेको बेलामा नेगेटिभीटि र त्रासको भावना खडा गर्नु बाहेक केहि गर्दैनन’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button