फेवातालमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेन

पोखरा । पोखराको फेवातालमा चैत १० गते सोमबार मृत फेला परेका एक व्यक्तिको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

१० गते  बिहान पोखरा- ०६ लेकसाइड गौरीघाट स्थित ३१ नम्बर स्ट्रिट अगाडिको ताल क्षेत्रमा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेकोमा उनको हालसम्म एकिन नामथर वतन नखुलेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘लकडाउनको समय भएकाले हो अथवा जानकारी नपाएर हो, अहिलेसम्म कहिँ कतैबाट पनि उक्त हुलियाको व्यक्तिको बारेमा सोधपुछ भएको छैन, स्थानीय स्तरमा सोधखोज गर्दा समेत केहि जानकारी प्राप्त नभएकाले हामीले संचारमाध्यम र सामाजिक संजालमार्फत फोटोसहितको हुलिया सार्वजनिक गर्दैछौ’, एसपी कार्कीले भने ।

गहुँगोरो वर्णको मंगोलियन अनुहार भएको ,कालो छोटो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको, एडीडास लेखेको निलो खैरो रंगको ज्याकेट, निलो जिन्स पाईन्ट लगाएको, बायाँ हातको पंजा माथि स्टार भित्र ‘S’ लेखेको ट्याटु खोपेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेकाले चिन्नुहुने महानुभावले जिल्ला प्रहरी कार्यालय कास्की अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन एसपी कार्कीले आग्रह समेत गरेका छन् ।

फेवातालमा तैरिइरहेको अवस्थामा फेला परेको शवलाई शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले तालबाट निकालेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button