२ वर्षको छोराको विष सेवन गराई हत्या, आमाको अवस्था गम्भीर

गौशाला । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

मंगलबार  दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मंगलबार  मृत्यु भएको थियो । त्यस्तै विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान् श्रीमती बीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आई यस्तो कदम उठाएको देखिएको छ ।

बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button