लमजुङमा लागेको आगो २० घण्टा बित्दासमेत नियन्त्रणमा आएन

लमजुङ । दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको अझै नियन्त्रणमा आउन सकेको छैन ।

हालसम्म १७ हेक्टर क्षेक्रफलमा आगलागी भइसकेको र आजसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर पुनले बताए ।

आगलागी भएको करीब २० घण्टा हुँदासमेत आगो निभेको छैन । उक्त जङ्गलमा आगलागी भएको खबरपछि प्रहरी मंगलबार नै पुगेको थियो तर ठूलो आगलागी भएका कारण र स्थानीयवासी कोही त्यहाँ नआएपछि वडाध्यक्षलाई खबर गरेर प्रहरी फर्किएको उनको भनाइ छ ।

प्रहरीका अनुसार अझै केही हेक्टर क्षेत्रफलसम्म आगलागी हुनेछ । सो जङ्गल वरिपरि कुनै बस्ती नभएकाले आगो नियन्त्रणको प्रयास कसैबाट नभएको र बस्तीतिर आउन लागेमा मात्र आगो निभाउने प्रयास गरिने वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।

त्यस्तै मंगलबार राति राइनास नगरपालिकास्थित भलायोखर्कको जङ्गलमा आगलागी भएको र सो आगो राति १२ः०० बजे नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । यस भिरमा कति क्षेक्रफलमा आगलागी भएको यकिन भने आइनसकेको प्रहरीको भनाइ छ ।

केही दिनअघि सुन्दरबजार नगरपालिका–१ कुन्छा नजीकैको एक जङ्गलमा आगलागी हुँदा १५ हेक्टर वन सखाप भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button