कोरोना परीक्षणका लागि लमजुङका २१ जनाको स्वाब पोखरा ल्याइयो

पोखरा । कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारतलगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि पोखरा ल्याइएको  छ ।

बेँसीहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालबाट र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।

पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको क्षेत्रीय प्रयोगशालामा स्वाबको परीक्षण गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button