चक्कु प्रहार गरेर ३ महिलाको हत्या, एक घाइते

अमेरिका । अमेरिकाको टेनेसीमा एक आक्रमणकारीले चक्कु प्रहार गरेर तीन महिलाको हत्या गरेका छन् ।

मङ्गलबार बिहान नक्सभिलको पाइलट ट्राभल सेन्टरमा काम गर्ने चार महिलालाई ती चक्कुधारीले आक्रमण गरेका थिए । आक्रमणबाट तीन जनाको घटनास्थल मै मृत्यु भएको अन्य एक चक्कु प्रहारबाट घाइते अवस्थामा फेला पारेको जनाइएको छ । आक्रमणकारीलाई हतियार फाल्न आदेश दिँदा नमानेपछि प्रहरीले गोली चलाएको र गोलीप्रहारबाट आक्रमणकारीसमेत मारिएको पनि जनाइएको छ ।

हत्यारा नर्थ क्यारोलिनाका ३३ वर्षीय इदृस अब्दुल सलाम नाम गरेका युवक रहेको जनाएको छ । घटनाको कारण बारे भने केही खुलिनसकेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button