कोरोनाबाट ८३ हजार ४ सय बढीको मृत्यु, १४ लाख ४८ हजार बढीमा संक्रमण

पोखरा न्यूज । विश्वव्यापी महामारीको रुप धारण गरेको  कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभरी १४ लाख ४८ हजार १ सय २३ जना सङक्रमित भएका छन् । यस प्राणघातक कोरोना भाइरबाट संसारभर हालसम्म ८३ हजार ४ सय १६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुधबार साँझसम्म  यस रोगबाट ३ लाख ९ हजार १ सय ८३ जना  निको भएका छन् ।

नेपालमा हालसम्म ९ जनामा  कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा ८ जना विरामी अस्पतालमा उपचाररत छन् भने १ जना निको भएर घर फर्किसकेका छन् ।

छिमेकी राष्ट्र भारतमा बुधबारसम्म ५ हजार १ सय ९४ जना सङ्क्रमित पाइएका छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ जना पुगेको  छ । भारतमा ४ सय १ जना सङ्क्रमित  उपचार पछि निको भएर घर फर्किएका  छन् भने  ४ हजार ६ सय ४३ जना विरामी अस्पतालमा उपचाररत छन् ।

बुधबार साँझसम्म कोरोनाभाइरस संक्रमणबाट बढी प्रभाव परेका  मुलुकको  परिदृश्य ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button