पोखरामा क्वारेन्टाइनमा रहेका १६ जना फिर्ता

पोखरा । पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरु घर फर्किएका छन् ।

क्वारेन्टाइनमा १४ दिनको समय पुरा गरेका १६ जना व्यक्तिहरुलाई बुधबार विदाई गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

क्वारेन्टाइनमा रहदा उनीहरुमा कोभिड-१९ को कुनैपनि लक्षण नदेखिएको र मंगलबार गरिएको नमुना परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता गरिएको निर्देशक डा. शर्माले बताए ।

कतार एयरवेजको क्युआर ६५२ बाट नेपाल आएका एक व्यक्तिसहित बिभिन्न देश र नेपालकै समेत गरि पूर्वी नाका इटहरी हुँदै गाडीमा पोखरा आएका उनीहरुलाई सम्भावित संक्रमणको परिक्षण गर्न र जोखिम न्यूनीकरण गर्न क्वारेन्टाइनमा राखिएको थियो । तालिम केन्द्रको क्वारेन्टाइनमा उनीहरुलाई लिएर जाने १ जना सुरक्षाकर्मीसमेत क्वारेन्टाइन मै रहेका थिए ।

यो सँगै पोखरामा अब  क्वारेन्टाइनमा कोहि नरहेको निर्देशक डा. शर्माले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button