कोरोनाबाट एकैदिन ६ हजार बढीको मृत्यु, ८४ हजारमा नयाँ संक्रमण

पोखरा न्यूज । बुधबार विश्वभर कोरोना भाइरसबाट संक्रमित ८४ हजार ३ सय २२ नयाँ बिरामी भेटिँदा ६ हजार ४ सय १२ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभर कोरोना भाइरसबाट ८८ हजार ४ सय ५५ जनाले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमितको संख्या १५ लाख १७ हजार ९ सय ६० पुगेको छ । बुधबार अमेरिकामा ३१ हजार ९ सय ३५ नयाँ बिरामी भेटिँदा १९ सय ४० ले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा संक्रमितको संख्या ४ लाख ३४ हजार ९ सय २७ पुगेको छ भने कोरोनाबाट त्यहाँ १४ हजार ७ सय ८८ ले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै बुधबार बेलायतमा दोस्रो सर्वाधिक ९ सय ३८ ले ज्यान गुमाउँदा फ्रान्समा ५ सय ४१ को कोरोना भाइरसबाट मृत्यु भएको छ । बुधबार नै स्पेनमा ७ सय ४७, इटालीमा ५ सय ४२, जर्मनीमा ३ सय ३३, बेल्जियममा २ सय ५ र नेदरल्यान्डमा २ सय ४७ ले ज्यान गुमाएका छन् ।

त्यस्तै टर्कीमा ४ हजार १ सय १७ नयाँ संक्रमित फेला पर्दा स्वीजरल्यान्ड, क्यानडा, ब्राजिल, रसिया र पेरुमा पनि हजार बढी संक्रमित पुष्टि भएका छन् । बुधबार अमेरिकाबाहेक बेलायत, स्पेन र फ्रान्समा ५ हजार बढी नयाँ संक्रमित भेटिएका छन् ।

दक्षिण एसियाली मुलुक अन्तर्गत भारतमा लगातार तेस्रो दिन ५ सय बढी संक्रमित फेला परेका छन् । बुधबार त्यहाँ ५ सय ६५ नयाँ संक्रमित फेला पर्दा १८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button