कोरोना सङ्क्रमितसँग मुख्यमन्त्रीको टेलिफोन संवाद, युवतीले भनिन ‘डाक्टर कोठामै छिर्दैनन्’

पोखरा । बागलुङको धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत  कोरोना सङ्क्रमित युवतीसँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्यवस्थाको बारेमा कुराकानी गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले एक  भिडियो समेत सार्वजनिक  गर्दै कोरोना संक्रमित बागलुङकी युवतीको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्री गुरुङले आज बिहान टेलिफोनमार्फत कुराकानी गरी  उनको स्वास्थय अवस्थाका बारेमा जानकारी लिएको बताएका छन् ।

टेलिफोनमा मुख्यमन्त्री गुरुङले उनलाई  नआत्तिकन आत्मबल बढाएर उपचारमा रहन आग्रह  गर्दै निख्रेपछि मात्र घर जानुपर्ने सुझाव दिएका छन् । सङ्क्रमित युवतीले पनि  आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताएकी छन्  ।

तर कुराकानीका क्रममा मुख्यमन्त्री गुरुङले  डाक्टर दिनमा कतिपटक आउनुहुन्छ भनि युवतीलाई गरेको  प्रश्नमा उनले डा. कोठामा नआउने गरेको जानकारी दिइन् । मुख्यमन्त्री गुरुङले दोहोर्याएर सोधेको प्रश्नमा समेत उनले डा. नआएको नै बताइन् ।

मुख्यमन्त्री गुरुङको प्रश्नको  जवाफमा उनले भनेकी छन्, ‘हेर्न आउनु हुन्न । फोन गर्नुहुन्छ ।’   मुख्यमन्त्री गुरुङले आफूले डाक्टरसँग दिनहुँ उनको स्वास्थ्य अवास्थाका वारेमा कुराकानी गरेको उल्लेख गर्दै युवतीलाई सान्तवना दिएका छन् ।

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै काठमाण्डौ आएकी उनीसँग बेल्जियमबाटै  आएकी बागलुङ कै ६५ वर्षीया एक अर्की महिलालाई समेत  कोरोना संक्रमण देखिएपछि अहिले उनी पनि सोही अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेकी छन् ।

युवतीको अवस्था सामान्य रहेको उपचारमा संलग्न डा प्रदीप श्रेष्ठले बताएका छन्  । ६५  वर्षीया महिलामा पहिले देखिनै दम र रक्तचाप समस्या रहेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button