कोरोना महामारीबीच पृथ्वी छाडेर अन्तरीक्ष तिर ३ यात्री

पोखरा न्यूज । पृथ्वीमा कोरोना महामारी फैलिरहेको बेला ३ अन्तरीक्षयात्री भने बिहीबार अन्तर्राष्ट्रिय स्पेस स्टेसनतिर लागेका छन् ।

नासाका अन्तरीक्षयात्री क्रिस क्यासिडी, रोसकस्मसका एनाटोली इभानिसिन र इभान भेग्नर नेपाली समय अनुसार दिउँसो १ बजेर ५० मिनेट जाँदा स्टेसनतर्फ प्रस्थान गरेका हुन् । उनीहरुलाई रसियाद्वारा परिचालित कजाकस्तानको बाइकोनुर कस्कोड्रोमबाट सोयुज एम-१६ अन्तरीक्षयानमार्फत प्रक्षेपित गरिएको हो । उक्त यान ६ घण्टा पछि गन्तव्यमा पुग्नेछ ।

बुधबार सञ्चारमाध्यमसँग बोल्दै तीन यात्रीमध्येका एक क्यासिडीले आफूहरु अघिल्लो महिना देखि नै कडा क्वारेन्टिनमा बसेको र स्वस्थ्य रहेको जानकारी दिएका थिए । उनीहरुको स्वास्थ्यको विशेष ख्याल राखिएको जनाउँदै अर्का यात्री कमान्डर इभानिसिनले तीनै जनालाई परिवार, साथीसँग पनि भेट्न नदिएको बताएका थिए । यस अघि ९ कर्मचारीमा कोरोना भाइरस देखिए रोसकस्मसमा २ लाख कर्मचारी कार्यारत छन् ।

हाल अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनलाई रसियाका ओलेग स्कृपोच्का र नासाका एन्ड्र्यु मोर्गन र जेसिका मेरले चलाइरहेका छन् । उनीहरु अब अप्रिल १७ तारिखमा पृथ्वी फर्कनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button