सरकारको निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाण्डौ ।  प्रदेश सरकारहरुको  विरोधपछि  लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई शुक्रवार  र शनिवार २ दिन घर फर्किन  दिने निर्णय गरेकोमा प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ ।

विभिन्न प्रदेशका  प्रमुखले  काठमाण्बाडौट बाहिर जान दिंदा लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । छलफलका क्रममा  गृह  मन्त्रालयले समेत तत्काल  सम्भव नभएको भनेपछि छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान नदिइने भएको  बताएका  छन् ।

लकडाउनको समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको छलफल हुनु  स्वभाविक भएको  बताउदै आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button