काठमाण्डौ । प्रदेश सरकारहरुको विरोधपछि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई शुक्रवार र शनिवार २ दिन घर फर्किन दिने निर्णय गरेकोमा प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ ।
विभिन्न प्रदेशका प्रमुखले काठमाण्बाडौट बाहिर जान दिंदा लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । छलफलका क्रममा गृह मन्त्रालयले समेत तत्काल सम्भव नभएको भनेपछि छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’ का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान नदिइने भएको बताएका छन् ।
लकडाउनको समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको छलफल हुनु स्वभाविक भएको बताउदै आगामी वैशाख ३ गतेसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय हुने बताए ।