पर्वतमा खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पक्राउ

पर्वत । कोरोना भाइरस संक्रमणका कारण  देश लकडाउनमा रहेको बेला पर्वतमा खाना पकाउने एल. पि. ग्यासमा  कालोबजारी गर्ने एक जनलाई प्रहरीले  पक्राउ गरेको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९  ले निम्ताएको जोखिमपुर्ण परिस्थितिमा सर्वसाधारणले खाना पकाउने ग्यासमा कालोबजारी गर्ने जलजला – ३ स्थित दिप्सन मेटल स्टोर्सका संचालक ४० बर्षीय मिन प्रसाद रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

रेग्मीले बजार मूल्य भन्दा बढीमा एल. पि. ग्याँस बेचेको भन्ने सुचनाका आधारमा अनुसन्धान गर्दा कालोबजारी गरेको पाइएकाले पक्राउ गरिएको पर्वत प्रहरीले प्रष्ट पारेको छ ।

रेग्मी विरुद्ध कालोबजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button