भारतमा कोरोनाबाट डाक्टरको मृत्यु, संक्रमितको संख्या ६ हजार बढी

भारत । भारतमा कोरोना भाइरसबाट एक ६२ वर्षीय डाक्टरको मृत्यु भएको छ ।

मध्यप्रदेश राज्यको इन्दोरका ती फिजिसियनको एक निजी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । एक कोरोना संक्रमितको उपचार गर्ने क्रममा उनलाई संक्रमण भएको दाबी गरिएको छ । यससँगै मध्यप्रदेश राज्यमा कोरोनाबाट मर्नेको संख्या २२ पुगेको छ ।

त्यस्तै भारतमा आज ३ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाले जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा कुल ६ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएकोमा कोभिड-१९ बाट १ सय ८६ जनाले मृत्युवरण गरिसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button