इटालीको दु:खद नियति: कोरोनाबाट मर्ने चिकित्सकको संख्या १ सय पुग्यो

इटाली । कोरोना भाइरसबाट अति प्रभावित इटालीमा भाइरसबाट मर्ने चिकित्सकको संख्या १ सय पुगेको छ ।

पछिल्लो २४ घण्टामा इटालीमा ४ डाक्टरको कोभिड-१९ बाट मृत्यु भएसँगै उक्त संख्या १ सय पुगेको हो । त्यस्तै त्यहाँका स्थानीय सञ्चारमाध्यम अनुसार ३० भन्दा बढी नर्स र सहायकहरुको पनि कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । तथ्यांक अनुसार इटालीमा हालसम्म १३ हजार १ सय २१ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ ।

देशको अत्यधिक प्रभावित लोम्बर्डी लगायत सिसिली, क्याम्पानीया, पुग्लिया क्षेत्रमा चिकित्सकहरुको ज्यान गएको जनाइएको छ । मृत्यु हुनेमा कतिपय अघिल्लो महिना गठन गरिएको आकस्मिक कोरोना भाइरस टास्कफोर्सका स्वयंसेवक रहेको पनि जनाइएको छ ।

कोरोना भाइरसबाट इटालीमा हालसम्म सर्वाधिक १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन् भने १ लाख ३९ हजार ४ सय २२ जनामा संक्रमण देखापरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button