इटलीमा कोरोना उपचारमा संलग्न १ सय चिकित्सक सहित साढे १७ हजार बढीको मृत्यु

रोम, इटली । इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १ सय चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ ।

इटलीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १ सय १ चिकित्सकको मृत्यु भएको छ, संस्थाका प्रवक्ताले  बताए ।

मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् । इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म १७ हजार ६ सय ६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

“हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले भने, “यो कोरोनाविरूद्धको सङ्घर्षमा हामी चुकेको क्षण हो ।”

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ । (एएफपी)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button