लमजुङमा आगलागीमा परेर दुई बालिकासहित ४ घाइते

लमजुङ। लमजुङमा सामुदायिक वनमा आगलागी हुँदा दुई बालिकासहित ४ जना घाइते भएका छन् ।

आज मध्याह्न साढे दुई बजेको समयमा लमजुङ जिल्लाको दोर्दी गाउँपालिका-३ केरावारी स्थित केरावारी सामुदायिक जंगलमा आगलागी हुँदा दुई बालिकासहित चार महिला घाइते भएका हुन् ।

घाइते हुनेमा ५ वर्षीया अश्मी गुरुङ, १० वर्षीया रश्मि गुरुङ, १७ वर्षीया पुजा गुरुङ र २८ वर्षीया हरिमाया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनाको लमजुङ दुधपोखरी गाउँपालिका-६ ओखरेगाउँका रहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

उनीहरु सबैको अवस्था मध्यम रहेको र जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । जङ्गलको बाटो हुँदै भोटेओडार आउँदै गरेका उनीहरु आगलागीमा परेको खबर पाएसँगै प्रहरी उद्धार गरेको थियो ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको तथा घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button