|प्रतिकात्मक तस्बिर
पर्वत। पर्वतको जलजला गाउँपालिकाका युवाहरुले कालिगण्डकी नदीबाट सकुसल उद्धार गरेकी महिला मृत फेला परेकी छन् ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका घर भई पर्वत जलजला गाउँपालिका -३ वारीबेनीमा मजदुरी गर्दै आएकी ३५ वर्षीया देवी थापा मगर दोभान स्थित काली गण्डकी नदी किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
चैत्र २५ गते मंगलबार दोबिल्लाबाट कालिगण्डकी नदीमा हामफालेकी मगरलाई साँझ करिब ६ बजे पिपलबोट युवा क्लबका सल्लाहकार सन्दीप गुरुङसहितका युवाले देखेर सकुशल उद्धार गरेका थिए ।
तर युवाहरुले आफ्नो ज्यानको बाजी राखेर उद्धार गरेकी तिनै महिलाले घटनाको ३ दिन पछाडि पुनः शुक्रबार नदीमा हाम फालेकी थिइन् ।
नदीमा हाम फालेर वेपत्ता भएकी मगरको खोजतलाश गर्ने क्रममा शुक्रवार करिव १ सय ५० मिटर तल नदि किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution