पोखराको घारीपाटनमा आगलागी

पोखरा । पोखरा महानगरपालिका–१७ घारीपाटन हिमचुलीमार्गस्थित विमला घलेको घरमा आज आगलागी भएको छ ।

दिउँसो १ बजेको समयमा घरको दोस्रो तल्लाको भण्डार कक्षमा अकस्मात आगो लागेपछि भण्डार कक्षका सामग्रीका साथै सोही तल्लाका अन्य कोठामा रहेको विस्तारासहितका सामग्री डढेका छन् ।

आगलागी भएको थाहा हुने बित्तिकै स्थानीयवासी समेतले हारगुहार गरेपछि आएको पोखरा महानगरपालिकाको बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दा समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो समयमै नियन्त्रण भएको कारण अन्य क्षति नभए पनि लगभग रु एक लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button