खुकुरी प्रहार गरी श्रीमानको हत्या गर्ने पक्राउ

खोटाङ। आफ्नै श्रीमान्लाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५० वर्षीय श्रीमान छकुमार राईको हत्या गरेको अभियोगमा ५० वर्षीया मेनुका राई पक्राउ परेकी हुन् ।

मेनुकाले सोमबार खुकुरी प्रहार गर्दा छकुमारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।

राईको शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ । मेनुकाले श्रीमानको टाउको, ढाड लगायत विभिन्न ठाउँमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी मेनुकाविरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेर कारवाही थालिएको प्रहरीले जनाएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button