ट्याक्टरमा सवार युवकको मृत्यु, चालक पक्राउ

पोखरा । नवलपरासीमा ट्याक्टरमा सवार एक युवकको लडेर ज्यान गएको छ ।

मंगलबार दिउसो करिव २ बजेको समयमा बिनयी त्रिबेणी गाउँपालिका-३ कटुसघारी स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु३त ९१८३ नं को ट्याक्टरबाट खसेर सोही स्थान बस्ने अन्दाजी २६ बर्षीय प्रमेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरबाट अकस्मात खसेर घाइते भएका चौधरीलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा साझ ६:१० बजे उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button