मध्यरातसम्म जाग्ने पोखराको लेकसाइड दिउँसै मस्त निन्द्रामा(तस्बिरसहित )

पोखरा। एक समय नेपाली नयाँ वर्षको चहलपहल पोखरामा खासै हुदैनथ्यो । अंग्रेजी नयाँ वर्ष तामझामका साथ मनाइने पोखरामा नेपाली नयाँ वर्ष आउथ्यो, जान्थ्यो । यसलाई महत्व दिइदैनथ्यो । यसरी नेपाली नयाँ वर्ष ओझेलमा पर्नु आफैमा राम्रो थिएन । यसले पोखराका पर्यटन व्यवसायीलाई चिन्ता हुन थाल्यो । यसलाई जोगाउनु पर्छ । आफ्नो संस्कृतीलाई संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई प्राथमिकता दिनुपर्छ । बल्लमात्र विदेशी पर्यटकले नेपालको कला संस्कृतीको बारेमा थाहा पाउनेछन् ।

 

यस्तै सोचका साथ पोखरामा नेपाली नयाँ वर्ष मनाउने क्रमको शुरुवात भयो । यसको श्रेय पश्चिमाञ्चल होटल संघलाई जान्छ । संघको आयोजनामा आजभन्दा १६ वर्ष अगाडिबाट फेवा नववर्ष महोत्सवको आयोजना गरेर पोखरामा नेपाली नयाँ वर्ष मनाउन थालेको थियो । यसले विस्तारै आन्तरिक पर्यटकको मन जित्दै गयो । नेपाली नयाँ वर्ष मनाउनेहरुको हब पोखरा बन्दै थियो ।

 

तर यसपाली भने नेपाली नयाँवर्षमा पोखराको लेकसाइडको अवस्था फरक देखियो । लाग्थ्यो मध्येरात सम्म जागा रहने लेकसाइड दिउँसोनै मस्त निन्द्रामा थियो । चहलपहल थिएन । सुनसान थियो । सटरहरु सबै बन्द थिए । फेवातालको किनारामा मानिस देखिएनन् । डुंगा खाली थिए । ताल बाराही मन्दिरमा भक्तजन थिएनन् । कारण थियो विश्वभर महामारिको रुपमा फैलिएको कोरोना संक्रमण । जसले गर्दा यसपाली नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुदैँ आएको फेवा नव वर्ष महोत्सवको १७ औँ संस्करण हुन सकेन ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले कोरोना संक्रमणका कारण यसपाली महोत्सव स्थगित गर्नुपरेको बताए । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरेर सरकारले गरेको लकडाउनका कारण यसकालीको नयाँ वर्षको अवसरका कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ ।

कोरोना संक्रमणका कारण पोखरा पर्यटन परिषदले आयोजना गर्दै आएको होली फेस्टिभल समेत यसपाली स्थगन भएको थियो । नयाँ वर्ष मात्र नभएर पोखरा लेकसाइडमा होटल, रिर्सोट, रेष्टुरेन्ट, डिस्को आदीमा हुने विभिन्न गतिविधिका कारण मध्येरातसम्म रौनकता हुने लेकसाइडमा आजकाल कुनै रौनकता देखिदैन ।

यसरी निदाएको छ लेकसाइड, तस्बिर:  राजाराम पौडेल ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button