एप्पलको नयाँ सस्तो आइफोन एसई सार्वजनिक

पोखरा न्यूज । विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले आफ्नो नयाँ सस्तो आइफोन मोडल एप्पल एसई सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको एप्पलको एसई फोनको यही शुक्रबार देखि अनलाइन अर्डर दिन सकिनेछ भने अप्रिल २४ देखि फोनको डेलिभरी गर्न थालिनेछ । एप्पल एसईको मूल्य ३ सय ९९ अमेरिकी डलर कायम गरिएको छ जसमा ४.७ इञ्चको डिस्प्ले र एप्पल ११ प्रोमा प्रयोग गरिएको प्रोसेसर प्रयोग गरिएको छ ।

अन्य विशेषतामा एप्पल एसईमा वायरलेस चार्जिङ्ग, उच्च कोटीको क्यामरा सेटअप र फिङ्गर प्रिन्ट रहनेछन् । तर यो नयाँ मोडलमा प्रयोगकर्ताले फेस रिकग्निसनको सुविधा भने पाउने छैनन् । त्यस्तै एसई चलाउने प्रयोगकर्तालाई ५ जि चलाउने सुविधा पनि हुनेछैन । एप्पल एसई कालो, सेतो र रातो रङ्गमा उपलब्ध हुनेछ ।

निकै ठुला कार्यक्रमबीच समर्थक माझ आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने एप्पलले कोरोना संकटबीच एसईलाई भने अनलाइनबाटै सार्वजनिक गरेको हो । कोरोनाका कारण ओरालो लागेको अर्थतन्त्र र मानिसहरुको जागिर गुमेको अवस्थालाई मध्यनजर गर्दै एप्पलले सस्तो आइफोन एसई सार्वजनिक गरेको अनुमान गरिएको छ ।

विश्वभर नै आफ्नो स्टोरहरु बन्द भएको अवस्थामा एप्पलले नयाँ फोनलाई धेरै भन्दा धेरै अनलाइनबाटै बेच्ने तयारी गरेको जनाइएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button