पोखराको राहत कोषमा गुप्तेश्वर गुफाको ५ लाख सहयोग

पोखरा। पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शनिबार पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो/ठूलो नहुने भन्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गरेको सहयोग सह्रानीय रहेको बताए । उनले महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए । जनताले तिरको करबाट नै महानगरले राहत वितरण गरेकाले त्यसप्रति निगरानी राख्न र राहत पाउनै पर्ने केही पनि नछुटुन भनेर महानगरले पैसा नलाग्ने हटलाइन ११८१ सञ्चालनमा ल्याएर गुनासोलाई सम्बोधन गरिरहेका जानकारी उनले दिए ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतही भन्दा पनि अध्ययन र अनुसन्धान गरेर सामाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।

यसैगरी छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल पुष्पले राहत वितरण गर्दा वास्तविक सेवाग्राहीलाई दिने वातावरण सबैले मिलाउनुपर्ने बताए । क्लबका उपाध्यक्ष कमलबहादुर भुजेले समस्यामा परेकालाई महानगरले राहत वितरण गर्नु राम्रो कार्य भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए । पोखरा महानगरपालिकाको राहत कोषमा शनिबार सम्म ३ करोड ८८ लाख ७५ हजार ५ सय १ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button