कोरोना संक्रमणमा नर्सिङ्ग सेवा, चुनौती र समाधान

कोरोना कोभिड १९ चीनको हुवेइ प्रान्तको वुहान सहरबाट २०१९ नोभेम्बर १७ मा उत्पत्ती भई संसारभरि फैलिएको छ । यसको प्रकोपबाट नेपाल पनि अछुतो रहन सकेन । देशलाइ सुरक्षित राख्न गत चैत्र ११ गतेदेखी नेपाल सरकारले देशलाइ बन्दाबन्दीको अवस्थामा राखेको छ ।

बिरामीको उपचार स्वास्थ्य संस्थामा गरिन्छ । उपचारमा ठूलो जनशक्ति परिचालित हुन्छ । संलग्न जनशक्तिहरु मध्ये अग्रपङ्क्तीको नेतृत्व नर्सहरुले गर्दछन्। यसकारणले गर्दा नर्सहरुलाइ स्वास्थ प्रणालीको मेरुदण्ड भनिन्छ । उनीहरुले कोरोनाको महामारीबाट दुनियालाई बचाउन सबै भन्दा बढी समय बिरामीहरुसंग बिताउनु पर्ने हुन्छ । महामारीमा हरेक देशमा रहेका नर्सहरुले आफूहरुलाई रक्षाकवज सम्झी संसारलाइ नै महामारीबाट जोगाउनका लागी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् र पेशागत निष्ठालाई कायम राख्न गर्नु नै पर्दछ । मानिसहरु आज आफ्नो जीवनलाइ ठूलो जोखिममा राखी नर्सहरु उपचारमा संलग्न भएको देख्दा उनीहरु प्रति व्यक्त गर्ने सम्मानको शब्द खोजिरहेका छन् । बेलायती प्रधानमन्त्रीले कोरानोको सफल उपचार पछि घर फर्कने क्रममा स्वास्थ्यकर्मीहरु प्रति पटक पटक कृतज्ञता जाहेर गर्नु भएको थियो ।

आज सम्म प्राप्त जानकारी अनुसार (यो लेख तयार पार्दा सम्म) कोरोनाको उपचारमा संलग्न हुने क्रममा इटलीमा ४१ र यूकेमा २ जना नर्सहरुको मृत्यु भइसकेको चीनमा १ हजार ७ सय १६ संक्रमीत रहेका र अरु देशहरुमा पनि संक्रमित भएको अवस्था छ । यो विषम परिस्थितीमा नर्सिङ्ग लगायत विभिन्न स्वास्थकर्मीहरुले धेरै चुनौती र समस्याहरु भोग्नु परिरहने छ । कोरोना संक्रमित विरामीको उपचार गर्न व्यक्तिगत सुरक्षाका सामाग्रिहरुको कमी हुनु,स्वास्थ्यकर्मीहरुलाई सामाजले हेर्ने दृष्टीकोण फरक हुनु, सामाजिक अवहेलना सहनु पर्ने (भाडामा बसेकालाइ घरबाट निस्क भनिएको) कारणले उनीहरुले लामो समय सम्म मानसिक र शारिरिक पिडा भोग्नु पर्ने अवस्था छ । तथापी नर्सहरुले महामारीको लडाइ जित्न हतियारको रुपमा व्यक्तिगत सुरक्षा सामाग्रीहरु माग गरेका मात्र हुन सेवा गर्दिन भनेका थिएनन् र होइनन् । युद्ध लड्ने सिपाही हतियारले सुसज्जित हुनै पर्दछ । नत्र पराजय पूर्वनिर्धारित हुन्छ ।

यस्तो संकटको घडीमा फुटेर हैन जुटेर पेशा गत मर्यादालाई उच्च राख्दै समस्याको समाधान गर्नु पर्छ । नर्सहरुलाइ यस्तो बेला हौसला प्रेरणा र परामर्स जरुरी भएकोले नर्सिङ्ग लिडरहरुले उत्तरदायित्व बोध गरि समयमानै सहि सन्देश प्रभाव गर्न जरुरी छ । अस्पताल व्यवस्थापनले कोरोना नयाँ भाइरस भएकोले यसको लक्षण,अपनाउनु पर्ने सावधानी, बिरामीलाइ गर्नु पर्ने हेरचाहका सम्बन्धमा नर्सहरुलाई जानकारी दिन कार्यक्रमहरु ल्याइनु पर्दछ ।

संवेदनशिल ठाउँ आइसियू, ‌ओटीमा काम गर्ने नर्सिङ्ग जनशक्तिलाइ सही तरिकाले परिचालन गर्न व्यक्तिगत सुरक्षाका सामाग्रीहरु साथै अभिमुखिकरण तालिमहरुमा सहभागि गराउनु पर्दछ । सक्षम जनशक्तिहरुलाई परिचाल गरेर गुणस्तरीय सेवा प्रवाह गरी नर्सिङ्ग पेशालाइ मर्यादित र सम्मानजनक बनाउनु पर्दछ । यो माहामारीमा स्वास्थ्यकर्मीहरुको आत्माबल बढाउन सरकार, सरोकारवाला निकाय, अस्पताल व्यवस्थापन र परिवारजनहरुले ध्यान दिनु आवश्यक छ ।

देशका कतिपय स्वास्थ संस्थाहरुले लकडाउनमा बिरामी नभएकोले नर्सहरुलाइ बेतलबी बिदा दिइ पछी आउनु भनी पठाएको पाइएकोले ती संस्थाहरुलाई नर्सिङ्गको केन्द्रीय संगठन (NAN,COUNCIL)ले कार्वाहीको दायरामा ल्याउनु पर्दछ । पेशागत सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ ।

जो बाहिर निस्कनु पर्दैन उनीहरु घरमा नै बसौं । हामीहरु घरमा बस्दा यो रोगलाइ जित्न सकिन्छ । सावुन पानीले हात धुने गरौं । संभव नभए मात्र अल्कोहल युक्त स्यानेटाइजर प्रयोग गरौं । यहाँहरुको दिर्घजीवनका लागि  स्वास्थ्यकर्मीहरु मैदानमा खटेका छन्, उनीहरुलाइ पूर्णरुपमा सहयोग गरौं आफू बाँचौ र अरुलाइ पनी बचाउँ ।

सृजना गौतम
नर्सिङ्ग निर्देशक
गण्डकी मेडिकल कलेज तथा रिसर्च सेन्टर पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button