१५ वर्ष पहिले आजैका दिन अपलोड भएको थियो युट्युबको पहिलो भिडियो (भिडियोसहित)

पोखरा न्यूज । सन् २००५ को अप्रिल २३ अर्थात आजैका दिन युट्युबमा पहिलो भिडियो अपलोड भएको थियो ।

युट्युबका को-फाउन्डर जावेद कारिमले अपलोड गरेको सोही १८ सेकेन्डको भिडियोबाट प्रविधिको दुनियाँले एउटा यस्तो प्लाटफर्म पाएको थियो जुन आज लाखौंको प्ल्याटफर्म बन्न सफल भएको छ । कारिमको पहिलो भिडियोमा उनको चिडियाखानाको भ्रमणको एउटा सानो अंश समेटिएको छ जहाँ उनले हात्तीहरुलाई देखाउँदै भनेका छन् “यी हात्तीहरुको सबैभन्दा शानदार चीज भनेको यिनीहरुको सुँढ साँच्चै लामो, लामो, लाको छ ।”

“मी एट जु” शीर्षकको उनको सो भिडियोलाई हालसम्म ९ करोडले हेरिसकेका छन् तर उनले भिडियोमा अहिले जस्तो मेरो भिडियो लाइक तथा च्यानल सब्स्क्राइब गरिदिनुस् भनेर केही भनेका छैनन् । उनको च्यानल भिडियो भने यही एउटा मात्र छ । एक वर्ष पछि कारिमसहित उनका साथीले गुगललाई १.६५ खर्ब डलरमा युट्युब बेचेका थिए ।

हाल युट्युबका विश्वभर २ खर्ब प्रयोगकर्ता छन् । त्यस्तै दैनिक एक खर्ब घन्टा मानिसहरु युट्युब भिडियो हेर्ने गर्छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button