बङ्गलादेशमा २ सय ५० बढी डाक्टर नै कोरोना संक्रमित

बङ्गलादेश। बङ्गलादेशको डाक्टर फाउन्डेसनले देशमा २ सय ५० भन्दा बढी डाक्टरमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

ढाकामा मात्रै लगभग २ सय डाक्टर संक्रमित भएको बताइँदै फाउन्डेसनले पिपिईको अभावका कारण बिरामीबाट डाक्टरमा भाइरस सरेको आरोप लगाएको छ । बङ्गलादेशकै एक विश्वविद्यालयले गरेको अध्ययनले २५ प्रतिशत डाक्टर र नर्स तथा ६० प्रतिशत स्वास्थ्यकर्मी पिपिईबिना नै कार्यक्षेत्रमा खटिन बाध्य भएको देखाएको छ । उपलब्ध पिपिई पनि गुणस्तरीय नभएको चिकित्सकहरुले गुनासो गरेका छन् ।

डाक्टरहरु नै संक्रमित भए पछि उनीहरुलाई आइसोलेसनमा राखिएको तथा उनीहरुले काम गरेको अस्पतालको वार्ड नै बन्द गरिएको जनाइएको छ । फाउन्डेसनको तथ्यांकअनुसार चिकित्सक नै संक्रमित भएका कारण त्यहाँका ११ अस्पतालका आइसियु तथा जनरल वार्ड बन गरिएको छ ।

पिपिईको व्यापक अभाव भए पछि त्यहाँका रेडी मेड गार्मेन्ट उद्योगहरुमा पिपिई बनाउन थालिएको जनाइएको छ । तर त्यसरी उत्पादित पिपिई मेडिकल ग्रेडको पिपिई जस्तो गुणस्तरको नहुने र रसायन मात्र छेक्ने रिपोर्टहरुले देखाएका छन् ।

पछिल्लो अपडेट अनुसार बङ्गलादेशमा ४ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिँदा १ सय २७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button