कस्तो छ खाडी मुलुकमा कोरोना प्रभाव ?

पोखरा न्यूज । महामारीको रूपमा विश्व भर फैलिएको कोरोना भाइरसले खाडी राष्ट्रमा ठूलो प्रभाव पारेको छ । मुख्यगरी मध्यपुर्वका कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्समा कोरोनाको संक्रमण दर उच्च देखिएको छ l

कतारमा पछिल्ला दिनहरूमा निकै उच्च दरमा सङ्क्रमित देखिएका छन् l त्यहाँ हिजो मात्र ९५७ जनामा पोजेटिभ देखिएकोमा कतारको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार आज मात्रै थप ६७७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । हालसम्म कतारमा कुल १० हजार ७ सय ७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

भाइरसबाट कतारमा १० जनाको मृत्यु हुँदा १ हजार १ सय ३४ जनाले स्वास्थ्य लाभ गरेका छन् । पछिल्लो २४ घण्टामा २८ सय ९८ जनामा परीक्षण गरिएको थियो । हालसम्म ८८ हजार ६ सय ७ जनामा कोरोनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा ४ लाखको हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् ।

कोरोनाबाट सर्वाधिक प्रभावित अरबी मुलुक साउदी अरबमा हालसम्म १८ हजार ८ सय ११ जनामा कोरोना पुष्टि हुँदा १ सय ४४ ले ज्यान गुमाइसकेका छन् । यस्तै युएईमा पछिल्लो २४ घण्टामा ५४१ जनामा भाइरस पोजेटिभ देखिएको छ भने ७ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ८० पुगेको छ भने हालसम्म ८९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ९१ जना सहित स्वास्थ्य लाभ गर्नेको सङ्ख्या २ हजार १ सय ८१ रहेको छ ।

ओमानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । २ हजार १ सय ३१ जना सङ्क्रमित हुँदा १० जनाको मृत्यु भएको छ । आज भेटिएका मध्य ४० जना ओमान नागरिक छन् भने ४२ जना विदेशी नागरिक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयल जनाएको छ । बहराइनमा थप ७७ जनामा कोरोना भाइरस देखिए सँगै सङ्क्रमितको सङ्ख्या २८१० पुगेको छ जस मध्य १२१ जना नेपाली रहेका छन् । १२१८ जनाले हाल सम्म स्वास्थ्य लाभ गरेका छन् भने ८ जनाको मृत्यु भएको छ ।

कुवेतमा आज थप १५२ जना सहित सङ्क्रमितको सङ्ख्या ३४४० पुगेको छ । थप १ जनाको मृत्यु सँगै मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । त्यहाँ कोरोनाबाट हाल सम्म ११ सय ७६ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button