टिप्पर दुर्घटना हुँदा एकको मृत्यु

धादिङ। धुनीबेंसी नगरपालिका–९ मा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धुनीबेँसी नगरपालिका–९ का ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

नगरपालिकाको कच्ची बाटामा बा५ख ६७७५ नंको टिप्पर सडकबाट ५० मिटर तल खसेको थियो । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button