पोखरामा अनलाइन मार्फत चलचित्र सम्बन्धी अन्तर्क्रिया हुने

पोखरा । पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न कार्यक्रम गरिदै आएको छ । यो कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका फिल्म प्रर्दशन गरी समिक्षा गरिन्छ ।

जस अनतर्गतको चौथो श्रृखला बैशाख १८ गते बिहिबार बेलुका ८ बजे अनलाइनमार्फत अन्तर्क्रिया कार्यक्रम हुने गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङले बताए । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिढ १९ का कारण यसपाली अनलाइन मार्फत कार्यक्रम गर्न लागिएको गुरुङले जनाए ।

चौथो श्रृखलामा माजिद माजिदको ‘दि फ्रोजेन रोज’ माथी हुनेछ । जसको सहजिकरण गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले गर्नेछन् । जुम क्लाउन मिटिङमार्फत जोइन हुन सकिनेछ । जौन गरेपछि चलचित्र हेर्ने र समिक्षा गर्ने अवसर तहाँ पाइनेछ ।

पोखरा थिएटर, चलचित्र पत्रकार संघ नेपाल कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्थाको संयुक्त आयोजनामा पोखरामा कार्यक्रम गरिदै आएको छ ।

पौषमा भएको पहिलो श्रृखलामा चाइनिज फिल्म ‘द रोड होम’ र माघमा भएको द्रोस्रो श्रृखलामा हलिउड फिल्म ‘क्रेजि रिच एशियन्स’ प्रर्दशन गरेर समिक्षा गरिएको थियो । फागुनमा ‘चिल्ड्रेन अफ हेभन’ माथी अन्र्तक्रिया भएको थियो । चैत्रमा भने कार्यक्रम हुन सकेन ।

फिल्म तथा कलाकारिता क्षेत्रमा लागिरहेका, कलम चलाइरहेका व्यक्तिलाई एकैठाउँमा जमघट गराउन यो कार्यक्रमले सबैमा उर्जा थप्ने गरेको छ । निर्माण भएका र हुने क्रममा फिल्ममा समावेश गर्नुपर्ने विषयवस्तु, ध्यानदिनुपर्ने कुरा मात्र नभएर एक अर्काको ज्ञानआदानप्रदान हुने आयोजकको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button